kumari
stcnepal

महिला विश्वकप फुटबल : अष्ट्रेलियालाई हराउदै स्वीडेन तेस्रो

अष्ट्रेलिया र न्युजिल्यान्डमा जारी महिला विश्वकप फुटबलमा स्विडेनले तेस्रो स्थान हासिल गरेको छ । बिस्बाने स्थित ल्याङ पार्कमा भर्खरै सम्पन्न प्ले अफमा आयोजक अष्ट्रेलियालाई २–० गोल अन्तरले हराउँदै स्विडेन तेस्रो भएको हो ।

फ्रिडोलिना रोल्फोले ३० औँ मिनेटमा नै पेनाल्टीमा गोल गर्दै स्विडेनलाई अग्रता दिलाएकी थिइन् । यस्तै, ६२ औँ मिनेटमा कोसोभारे एसानीले गोल थपेपछि अष्ट्रेलिया खेलमा फर्कन सकेन र स्विडेनको जित सुनिश्चित बन्यो । सेमिफाइनलमा स्विडेन स्पेन सँग र अष्ट्रेलिया इंग्ल्यान्ड सँग पराजित भएका थिए । अब उपाधिका लागि आइतबार स्पेन र इंग्ल्यान्ड प्रतिस्पर्धा गर्नेछन् । यस सँगै महिला विश्वकपले नयाँ विजेता पाउने सुनिश्चित भएको छ ।

footer