kumari
stcnepal

रसुवा बाट सुन सहित २ जना पक्राउ

काठमाडौं । प्रहरीले दुई किलो सुन सहित एक जनालाई पक्राउ गरेको छ । रसुवाको टिमुरेबाट स्याफ्रुबेशी आउँदै गरेका एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

शनिबार टिमुरेबाट स्याफ्रुवेशी आउँदै गरेका २४ वर्षका सुदीप शेर्पालाई चेकजाँच गर्ने क्रममा दुई केजी सुन बरामद भएको हो । शेर्पाले सेतो रङको टिसर्ट भित्र लगाएको कालो चेस्टगार्डमा सुन राखेर ल्याएका थिए। बयानका क्रममा शेर्पाले सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ का फुसाङ्वु शेर्पाले आफूलाई सुन बोक्न लगाएका बताएका छन् । उनको बयानपछि फुसाङ्वुलाई पनि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

footer