kumari
stcnepal

भक्तपुरको सानोठिमी स्थित बाल सुधार गृहबाट भागेका २ सय २१ जना नाबालक बन्दी मध्ये १९८ जना सम्पर्कमा

काठमाडौँ । भक्तपुरको सानोठिमी स्थित बाल सुधार गृहबाट भागेका २ सय २१ जना नाबालक बन्दीमध्ये १९८ जना सम्पर्कमा आएका छन् । फरार भएका मध्ये २३ जना सम्पर्कमा आउन बाँकी रहेको उपत्यका प्रहरी कार्यालयका डिआईजी लालमणी आचार्यले बताए ।

झडपको क्रममा भागेकाहरुलाई प्रहरीले कोटेश्वर, बानेश्वर र सातदोबाटो क्षेत्रबाट पक्राउ गरेको छ । केही नाबालक बन्दीहरुलाई परिवारले नै सम्पर्कमा ल्याइदिएको डिआईजी आचार्यले जानकारी दिए । बालसुधार गृहमा ‘नाबालक बन्दी’को कमल बस्नेतको मृत्यु भएको घटनाको विषयमा प्रदर्शन हुँदा झडप भएको थियो । रामेछापको मन्थली नगरपालिका घर भएका १८ वर्षीय बस्नेतको आइतबार बिहान मृत्यु भएको हो ।

झडपमा परेर १८ जना सुरक्षाकर्मी र १२ जना नाबालक बन्दी घाइते भएका छन् । उनीहरुको उपचार हुँदै छ । बालसुधार गृहमा रहेका २९६ जना नाबालक बन्दीहरु मध्ये ४२ जना बालिका थिए । तीमध्ये ३३ जना बालक र ४२ जना बालिका सहित ७५ जना भागेका थिएनन् ।

footer