kumari
stcnepal

मलेसियामा भएको चार देश सम्मिलित महिला क्रिकेट सिरिजमा हङकङ विरुद्धको खेलमा नेपाल ६ विकेटले विजयी

काठमाडौं । मलेसियामा भएको चार देश सम्मिलित महिला क्रिकेट सिरिजमा हङकङ विरुद्धको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । हङकङबाट पाएको ८५ रनको विजयी लक्ष्य नेपालले १५.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।

नेपालका लागि सम्झना खड्का ३६ बलमा ५ चौका सहित सर्वाधिक ३६ रन बनाउँदै अविजित रहिन् । ओपनरका रुपमा गएकी पूजा महतोले १८ बलमा १६ रन जोडिन् । उनी कप्तान क्यारी चानको बलमा बोल्ड हुन पुगिन् ।

हङकङका लागि कप्तान क्यारी चान, क्युरा साहार, मरिको हिल र मर्याम बीबीले समान एक विकेट लिए । त्यसअघि, वायुमास स्पोट्र्स एण्ड इभेन्ट कम्प्लेक्समा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९.१ ओभरमा अलआउट हुँदै ८४ रन बनाएको थियो । नेपालका लागि सीताले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १६ रन खर्चेर ५ विकेट लिइन् ।

footer