kumari
stcnepal

आइसीसी वुमन्स टी-२० एसिया क्षेत्र छनोट क्रिकेटमा नेपाल मलेसिया सँग पराजित

काठमाडौं । आइसीसी वुमन्स टी-२० एसिया क्षेत्र छनोट अघिको चारदेशीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले मलेसियासँग ६ विकेटले पराजित भएको छ । मलेसियाको बायोमास स्पोर्टस् एण्ड इभेन्ट कम्प्लेक्समा जितका लागि पाएको ८५ रनको लक्ष्य मलेसियाले १६.२ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो ।

यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको थियो । नेपालको ब्याटिङको बीचमा वर्षाका कारण खेल रोकिएपपछि १८ ओभरमा घटाइएको खेलमा मलेसियाले ८५ रन बनाउनु पर्ने लक्ष्य पाएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २३ रन बनाइन् । उनले २ चौका र १ छक्का प्रहार गरेकी हुन् ।

footer