kumari
stcnepal

महिला टी-२० आई सिरिजको फाइनल खेल आज हुँदै, उपाधीका लागि आज नेपाल र हङकङ भिड्दै

काठमाडौं । मलेसियामा जारी चार देश सहभागी महिला टी-२० आई सिरिजको फाइनल खेल आज हुँदैछ । फाइनल खेहमा उपाधीका लागी आज (शनिबार) नेपाल र हङकङ भिड्दै छ ।

अन्तिम खेलमा मलेसियासँग पराजित भए पनि नेट रनरेटको कारण शीर्षस्थानमा रहँदै नेपाल फाइनलमा पुगेको हो । शुक्रबार भएको समूहको अन्तिम खेलमा नेपाल घरेलु टोलीसँग ६ विकेटले पराजित भएको हो। नेपाल तीन खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ शीर्ष स्थानमा छ। नेपालको नेट रनरेट ०.८५३ छ। अघिल्ला दुई खेलमा नेपालले कुवेतलाई र हङकङलाई हराएको थियो।

हङकङ तीन खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ दोस्रो स्थानमा छ। तेस्रो स्थानको लागि शनिबारनै मलेसिया र कुवेत बीच प्रतिस्पर्धा हुनेछ ।

footer