kumari
stcnepal

राहुल महरालाई हिरासतमा राख्न अनुमति लिन जिल्ला अदालत काठमाडौंमा पेश गरियो

काठमाडौं । विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका राहुल महरालाई प्रहरीले हिरासतमा राख्ने भएको छ ।उनी माथि अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिन जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ ।

उनी विरुद्ध संगठित अपराधमा पनि अनुसन्धान गरिने सीआईबीले जनाएको छ । गत वर्ष चिनियाँ व्यापारीले भेपमा लुकाएर सुन ल्याएको फेला परेको थियो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा उक्त सामान रोकिएपछि चिनियाँ ब्यापारीले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलसँग सामान छुटाउन सहयोग मागेका थिए ।

त्यस क्रममा चिनयाँ व्यापारीसँग महरा बाबुछोराको पटक पटक टेलिफोन सम्पर्क भएको भन्दै सीआईबीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन पनि दिएको थियो । तर सुन तस्करी प्रकरणमा उनीहरु विरुद्ध अनुसन्धान भएको थिएन ।

 

footer