kumari
stcnepal

एसिया कप : नेपालले तेस्रो विकेट गुमायो

काठमाडौँ । नेपालले एसिया कपमा पाकिस्तान विरुद्ध खराब सुरुवात गरेको छ । नेपालले दोस्रो ओभरमा नै तीन विकेट गुमाएको हो ।

आसिफ शेख ५ रन बनाएर नसिम शाहको बलमा क्याच आट भए । यसअघि शाहिन शाह अफ्रिदीले दुई विकेट लिएका थिए । कुशल भुर्तेल ८ रन बनाएर मोहम्मद रिजवानबाट क्याच आउट भए भने कप्तान रोहित पौडेल पहिलो बलमा नै एलबीडब्लू आउट भए ।

यसअघि कप्तान बाबर आजमको शानदार शतकको मद्दतले पाकिस्तानले नेपाल सामु ३ सय ४३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । मुल्तानमा भएको खेलमा पाकिस्तानले ६ विकेटको क्षतिमा ३ सय ४२ रन बनाएको हो ।

footer