kumari
stcnepal

६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा क्रिप्टो करेन्सी जोडियो

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा ‘क्रिप्टो करेन्सी’ जोडिएको छ । सुन तस्करीमा संलग्नहरूले डिजिटल मुद्रा ‘क्रिप्टो करेन्सी’ मार्फत आर्थिक कारोबार गर्ने गरेको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धानबाट खुलेको छ । क्रिप्टो करेन्सी मार्फत आर्थिक कारोबार गर्दा नोटको कारोबार हुँदैन । कारोबार गर्ने व्यक्तिको आईडीमा खाता हुन्छ । खातालाई ब्लकचेन भनिन्छ । सो ब्लकचेमा भएको डिपोजिटलाई भुक्तानीको रूपमा कारोबारीले बेच्छन् ।

हङकङबाट तस्करी गरेर ल्याएको सुनमा संलग्न आरोपमा अहिलेसम्म ७ जना चिनियाँ र एक जना बेल्जियन नागरिक सहित २५ जना पक्राउ परेका छन् । आरोपीतहरुले क्रिप्टो करेन्सी मार्फत सुनको भुक्तानी गरेको भेटिएपछि सिआईबीले प्रहरी वरिष्ठ उपरीक्षक ए.एम. चन्द्र सिंह धामीलाई त्यसबारे अनुसन्धान गर्ने जिम्मेवारी दिएको छ । प्राविधिक तर्फका एसएसपी धामी नेपालमा क्रिप्टो करेन्सीबारे जानकार हुन् ।

राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुनको अनुसन्धान गर्ने जिम्मेवारी साउन २१ मा सिआईबीलाई दिएको थियो । हङकङबाट तस्करी गरेर ल्याएको सुन राजस्व अनुसन्धान विभागले साउन ३ मा सुन बरामद गरेको थियो । सुन प्रकरणमा संलग्नहरु विरुद्ध केन्द्रीय अनुसन्धान ब्युरोले ‘संगठित अपराध’ मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ । असार ३० मा हङकङकबाट काठमाडौँ ल्याइएको सो सुन् ‘रेडी ट्रेड प्रालि’ ले मगाएको हो ।गिरोहले सुन भारत पठाउन खोजेको ब्युरोको अनुसन्धान निष्कर्ष छ ।

footer