kumari
stcnepal

एसिया कप : श्रीलंकाले बंगलादेशलाई ५ विकेटले हरायो

एसिया कप क्रिकेट प्रतियोगितामा श्रीलंकाले विजय सुरुवात गरेको छ । बिहीबार सम्पन्न समूह ‘बी’ को खेलमा श्रीलंकाले बंगलादेशलाई ५ विकेटले पराजित गरेको हो ।

बंगलादेशले दिएको १६५ रनको लक्ष्य घरेलु टोली श्रीलंकाले ५ विकेटको क्षतिमा ६६ बल बाँकी छँदै भेट्टायो । श्रीलंकाको जीतमा सधिरा र चरिथाले क्रमशः ५४ र ६२ रनको योगदान दिए । यस्तै कप्तान दुसान सानकाले अविजित १४ रन बनाए ।

यसअघि ४२.४ ओभरमा अलआउट हुँदै १६४ रन बनाएको बंगलादेशका लागि नाजमुलले सर्वाधिक ८९ रन जोडेका थिए ।

 

footer