kumari
stcnepal

एसीया क्रिकेट कप : भारत र पाकिस्तान बीचको खेल वर्षाका कारण रद्ध, पाकिस्तान सुपर ४ मा प्रवेश

काठमाडौं- एसिया कप क्रिकेट अन्तर्गत भारत र पाकिस्तानबिचको खेल वर्षाले रद्द भएको छ। पहिलो इनिङ दुई पटक वर्षाका बाबजुत सम्पन्न भएपनि दोस्रो इनिङ वर्षाले सुरु हुन नसक्दा खेल नतिजाविहीन भएको हो। खेल रद्द भएसँगै भारत र पाकिस्तानले १-१ अङ्क बाँडेका छन्। एक अङ्क सँगै पाकिस्तानले शीर्ष चारमा स्थान बनाएको छ।

समूह ‘ए’ बाट शीर्ष चारमा पुग्ने दोस्रो टिमको तय सोमबार नेपाल र भारत बिच हुने खेलबाट तय हुने छ। अब नेपालले शीर्ष चारमा पुग्न भारतलाई हराउनु पर्ने छ। यदि नेपालले भारतलाई पराजित गरेमा दुई अङ्क सहित नेपाल शीर्ष चारमा पुग्ने छ। तर खेल रद्द भएमा या भारतले जितेमा भारत शीर्ष चारमा पुग्ने छ।शनिबार एसियाकपको आफ्नो पहिलो खेलमा भारतले पाकिस्तानलाई जितका लागि २ सय ६७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। श्रीलंकाको केन्डीमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४८.५ ओभरमा अलआउट हुँदै २ सय ६६ रन बनाएको हो।

एक समय ६६ रनमा ४ विकेट गुमाएको भारतलाई इशान किशन र हार्दिक पाण्ड्याले पाँचौ विकेटका लागि १ सय ३८ रनको साझेदारी गर्दै टिमलाई समानजनक स्कोरमा पुर्या्एका थिए। किशनले ८१ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ८२ रन बनाउँदै पेभिलियन फर्किए। त्यस्तै हार्दिक पाण्ड्याले भारतका लागि सर्वाधिक ८७ रन बनाए। उनले ९० बलमा ७ चौका र १ छक्का प्रहार गरेका थिए। पाकिस्तानका लागि सहिन सा अफ्रिदीले सर्वाधिक ४ विकेट लिंदा नसिम साह र हरिस रउफले समान ३-३ विकेट हात पारे। वर्षाले दुई पटक प्रभावित बनाएपनि भारतको इनिङ भने पुर्ण रुपमा सम्पन्न भएको थियो।

 

footer