kumari
stcnepal

भारत विरूद्धको खेलमा नेपाललाई समर्थन गर्न को-को पुगे श्रीलंका ?

काठमाडौं। एसिया कप क्रिकेटअन्तर्गत नेपालले समूहगत चरणको दोस्रो तथा अन्तिम खेलमा केही बेरमा भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

श्रीलंकाको केन्डी स्थित पालेकेले रंगशालामा हुने खेलमा नेपालबाट खेलकर्मी, राजनीतिज्ञ देखि कलाकारसम्म पुगेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने श्रीमती सहित त्यहाँ पुगेका छन् । यस्तै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह पनि पुगेका छन् । नेपाल प्रहरीका पूर्व डीआईजी तथा नेता रमेश खरेल पनि रंगशालामा छन् ।

नायिका वर्षा सिवाकोटी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ-क्यानका अध्यक्ष चतुरबहादुर चन्द सहितका पदाधिकारी, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान लेखबहादुर क्षेत्री, पूर्व खेलाडी शक्ति गौचन पनि श्रीलंका पुगेका छन् । नेपालले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा भारतसँग पहिलोपटक प्रतिस्पर्धा गर्न लागेको हो ।

footer