kumari
stcnepal

कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव माथि सांघातिक आक्रमण, खुकुरी हानेको आरोपमा सुशीलबाबु सापकोटा पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव माथि सांघातिक आक्रमण भएको छ।

काठमाडौंको रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि धारिलो हतियारले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । उनी माथि खुकुरी हानेको आरोपमा सुशीलबाबु सापकोटालाई प्रहरीले पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए । यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ ।

footer