kumari
stcnepal

नेपाल साफ यू-१६ च्याम्पियनसिप बाट बाहिरियो

काठमाडौं । भुटानमा जारी साफ यू-१६ च्याम्पियनसिप अन्तर्गत समूह ए को अन्तिम खेलमा नेपाल भारतसँग १-० ले पराजित भएको छ । जित्नैपर्ने खेलमा पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

साविक उपविजेता समेत रहेको नेपाल लगातार दुई खेलमा हार बेहोर्दै समूह चरणबाटै बाहिरिएको हो । यसअघि पहिलो खेलमा पनि नेपाल बंगलादेशसँग १-० ले नै पराजित भएको थियो ।

चाङलिमिथाङ स्टेडियममा बुधबार भएको खेलमा भारतका लागि मोहम्मद अर्सादले ३३औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि नेपालले बराबरी गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन । भारतले पहिलो हाफमा लिएको अग्रता जोगाउँदै खेल जितेको हो ।

दोस्रो हाफमा भारतले नेपाल माथि लगातार दबाब बनाएको थियो । भारतको दुई प्रहार बारमा लागेर फर्केको थियो । ६ मिनेटको इन्जुरी टाइममा नेपालले पनि गोल फर्काउने राम्रो अवसर पाएको थियो तर सदुपयोग गर्न सकेन । दुई खेलमा दुई गोल बेहोरेको नेपालले एक गोल पनि गर्न सकेन ।

 

footer