kumari
stcnepal

एसीया कप : आज पाकिस्तान र श्रीलंका बीच खेल हुदै, जुन टिमले जित्छ उ फाइलमा पुग्ने

जारी एसिया कप क्रिकेटको फाइनलमा पुग्न आज पाकिस्तान र श्रीलंका जित्नैपर्ने खेल खेल्दैछन् । सुपर ४ को खेल जसले जित्यो उसैले फाइनलमा भारतसँग भिडन्त गर्नेछ । भारत भने सुपर ४ मा पाकिस्तान र घरेलु टोली श्रीलंकालाई पाखा लगाउँदै एक खेलअघि नै फाइनलमा पुगिसकेको छ ।

आज कोलम्बो स्थित प्रेमदासामा पाकिस्तान र घरेलु टोली उत्रँदा दुवै स्पष्ट जितको खोजीमा हुनेछन् । पराजित टोली प्रतियोगिताबाट बाहिरिने छ । समूह ‘ए’मा रहेको सहआयोजक पाकिस्तानले सुपर ४ मा आइपुग्न नेपाललाई पराजित गरेको थियो भने भारतसँग अंक बाँडेको थियो । खेल वर्षाले बिथोलिएपछि दुवै टोलीले एक–एक अंक बाँडेका थिए ।

footer