kumari
stcnepal

क्रिकेट खेलाडी उत्पादन गर्न मेयर साह र पारस खड्का बीचमा सम्झौता

काठमाडौँ – काठमाडौँ महानगरपालिका र बागमती प्रदेश क्रिकेट संघबीच ग्रासरुटदेखि राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यसहित विभिन्न स्कुलदेखि वडासम्म सहकार्य गर्ने सम्झौता भएको छ।

महानगरका मेयर बालेन्द्र शाह (बालेन) र बागमती क्रिकेट संघका अध्यक्ष पारस खड्काबीचको भेटवार्तापश्चात प्रारम्भमा विभिन्न वडाहरुमा नेटमा अभ्यासका लागि नेट जडान गर्ने सम्झौता भएको हो। सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर बालेनले पछिल्लो समय काठमाडौँबाट पारस खडका, ज्ञानेन्द्र मल्ल र पृथ्यु बाँस्कोटाबाहेक छनोट हुन नसकेको भन्दै अब काठमाडौँबाट खेलाडी उत्पादन गर्ने उद्देश्यसहित त्यसको व्यवस्थापन गर्न लागिएको जानकारी दिए।

footer