kumari
stcnepal

काठमाडौको गैरीगाउँमा धारीलो हतियार प्रयोग गरी ४ जनाको हत्या

काठमाडौँको गैह्रीगाउँमा हत्या भएको अवस्थामा फेला परेका चार जनाको पहिचान खुलेको छ । हत्या हुनेमा एकै परिवारका तीन जना छन् ।दोलखा घर भएका ५५ वर्षीय कुमार भुजेलको परिवारका तीनसहित चार जनाको हत्या भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय एसएसपी दिनेश मैनालीले  जानकारी दिए ।

उनका अनुसार उनले सुरक्षा गार्डको काम गर्दै आएका थिए । उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा सुमित्रा भुजेलको पनि हत्या भएको उनले बताए । हत्या गरिएका अर्का एक जना भने मोरङका हुन् । मोरङका १९ वर्षका नवीन राईको हत्या भएको उनले बताए ।

उनीहरू चारै जनाको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल महाराजगन्ज लगिएको उनको भनाइ छ । घटनास्थलबाट सोधपुछको लागि काठमाडौं-३२ तीनकुने बस्ने दिपेन्द्र राईलाई नियन्त्रणमा लिइएको हो । गैह्रीगाउँ स्थित दिव्य सः मिल भित्र धारिलो हतियार ‘खुकुरी’ प्रहार गरेर हत्या गरेको अवस्थामा गएराति चार जनाको शव भेटिएको थियो ।

राति १२ बजेतिर घटना भएको प्रारम्भिक जानकारी आएको उनले बताए । घटनाको कारण खुलिसकेको छैन । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

footer