kumari
stcnepal

एसीया कप : बंगलादेशले भारतलाई ६ रनले हरायो, हारका बावजुद भारत फाइनलमा

एसीसी एसिया कपअन्तर्गत क्रिकेटमा बंगलादेशले भारतलाई पराजित गरेको छ । गएराति भएको अन्तिम सुपर फोर खेलमा बंगलादेशले भारत विरुद्ध ६ रनको रोमाञ्चक जीत हात पारेको हो । फाइनलमा पुग्न नसके पनि बंगलादेशले भारतलाई हराउँदै एसिया कपको सुखद् अन्त्य गरेको छ ।

बंगलादेशले दिएको २६६ रनको लक्ष्य पछ्याएको भारत ४९ दशमलब ५ ओभरमा २५९ रन बनाएर अलआउट भयो । भारतका लागि ओपनर शुभमन गिलले १२१ रनको शतकीय पारी खेले पनि टोलीलाई जीत दिलाउन भने सकेनन् । बंगलादेशका लागि मुस्ताफिजुर रहमानले ३ तथा तन्जिम हसन र महिदी हसनले समान २/२ विकेट लिए ।

त्यसअघि हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६५ रन बनाएको थियो । हारका बाबजुत भारत समूह विजेताको रूपमा फाइनल पुगेको छ । भारतले उपाधिका लागि आइतबार घरेलु टोली श्रीलंका सॅंग खेल्ने छ । बिहीबार पाकिस्तानलाई पराजित गर्दै श्रीलंका फाइनल पुगेको थियो ।

footer