kumari
stcnepal

तीनकुने हत्या प्रकरण : आरोपी युवक खुकुरी सहित दौडेर बाहिर निस्केको सीसीटीभी फुटेज आधारमा पक्राउ

काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको सामूहिक हत्या प्रकरणका आरोपीलाई प्रहरीले सीसीटीभी फुटेजका आधारमा पक्राउ गरेको छ । शुक्रबार राति तीनकुनेस्थित दिव्य स:मिलमा चार जनाको हत्यापछि आरोपी युवक खुकुरी सहित दौडेर बाहिर निस्केको सीसीटीभी फुटेजमा देखिएको थियो ।

ती युवक दौडदै पेप्सीकोला पुगेको सीसीटीभी फुटेजमा देखिएपछि खोजी गर्दा आइतबार विहान पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । आरोपी युवकलाई जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार साँझ नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ । बोल्न नसक्ने ती युवकले दोभासे मार्फत प्रहरीमा बयान दिएका छन् ।

उनले आफ्नो रिसइबी नवीन राईसँग रहेको तर घटनाको रहस्य खुल्ने डरले अरुको पनि हत्या गरेको बयान दिएको प्रहरीको भनाइ छ । नवीनले केही समयअघि आफूलाई मोटरसाइकलले ठक्कर दिएको र त्यस विषयमा कुरा गर्न जाँदा दुर्व्यवहार गरेको बयान दिएका प्रहरी स्रोतले बताएको छ ।

footer