kumari
stcnepal

एसिया कपको उपाधि भारतलाई

काठमाडौं । एसिया कपको उपाधि भारतले जितेको छ । यो भारतको ८ औं एसिया कप उपाधि हो ।

फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै भारतले उपाधि जितेको हो । कोलम्बोमा जितका लागि पाएको ५१ रनको झिनो लक्ष्य भारतले बिना क्षति भेट्टायो । भारतलाई जिताउन इशान किसनले २३ र शुभमन गिलले २७ रन बनाए । उनीहरु दुवै नट आउट रहे ।

यसअघि कोलम्बोमा टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा जम्मा ५० रन जोड्दा अलआउट भयो । भारतका मोहम्मद सिराज एक्लैले ६ विकेट, हार्दिक पाण्डेले ३ र जसप्रित बुमराहले १ विकेट लिए । सिराजले ७ ओभरमा १ मेडन राख्दै २१ रन खर्चेर ६ विकेट लिए ।

हार्दिकले २.२ ओभरमा ३ रन मात्र खर्चेर ३ विकेट लिए । बुमराहले ५ ओभरमा १ मेडन राख्दै २३ रन खर्चेर १ विकेट लिए । कुदलिप यदवले १ ओभरमा १ रन मात्र दिए । श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक १७ रन बनाए भने दुशान हेमन्था १३ रनमा अविजित रहे ।

footer