kumari
stcnepal

अस्ट्रेलिया विरुद्धको तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला भारतको पक्षमा

काठमाडौं । भारतले अस्ट्रेलिया विरुद्धको तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पनि जित निश्चित गरेको छ ।

सुरूका लगातार दुई खेल जितेर भारतले शृंखला आफ्नो पक्षमा पार्ने पक्का गरेको हो । दोस्रो खेलमा आइतबार भारत ९९ रनले विजयी भयो । वर्षाले प्रभावित खेलमा अस्ट्रेलियाले ३३ ओभरमा ३१७ रन बनाउनुपर्ने लक्ष्य पाएको थियो । तर, अस्ट्रेलियाले २८.२ ओभरमा सबै विकेट गुमाएर २१७ रनमात्र जोड्न सक्यो । अस्ट्रेलियाका डेभिड वार्नरले ५३ र सिन एबटले ५४ रन बनाए ।

भारतका रवीन्द्र जडेजा र रविचन्द्रन आश्विनले ३/३ विकेट लिए । प्रसिद्ध कृष्णले २ र मोहम्मद सामीले एक विकेट हात पारे । भारतले श्रेयस अय्यर र सुभमन गिलको सतकीय योगदानमा ३९९ रन बनाएको थियो । यसअघि पहिलो खेलमा भारत ५ विकेटले विजयी भएको थियो । हालसालै एसिया कप जितेको भारतले अक्टोबरको पहिलो साता घरेलु मैदानमा विश्वकप खेल्दैछ ।

footer