kumari
stcnepal

आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाल, न्युजिल्याण्ड, अफगानिस्तान र पाकिस्तान सहितको समूह डी मा

काठमडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाल, न्युजिल्याण्ड, अफगानिस्तान र पाकिस्तान सहितको समूह डी मा परेको छ । यो समूहको शीर्ष ३ मा पर्न सकेमा नेपालले समूह एमा रहेका बंगलादेश, भारत, आयरल्याड र अमेरिका मध्येका २ टिमसँग सुपर सिक्सको समूह चरण खेल्न पाउने छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल १३ जनवरीमा न्युजिल्याण्ड सँग खेल्ने छ । श्रीलंकामा हुने प्रतियोगितामा नेपालले आफ्नो दोश्रो खेल १७ जनवरीमा पाकिस्तानसँग र समूह चरणको अन्तिम खेल २० जनवरीमा अफगानिस्तानसँग हुने छ ।गत फेब्रुअरी मार्चमा यूएईमा भएको छनोट प्रतियोगिता जित्दै नेपाल यू १९ विश्वकमा चयन भएको थियो ।

यू–१९ विश्वकप क्रिकेटमामा सहभागी १६ टिमलाई चार चार वटा टिमको चार वटै समूहमा विभाजन गरिएको छ । समूह चरणमा शीर्ष ३ मा पर्ने टिमले अर्को समूहका शीर्ष ३ मा पर्ने २ टिमसँग सुपर सिक्स खेल्ने छ । समूह एका टिमले डीसँग तथा समूह बीका टिमले समूह सीका टिमसँग सुपर सिक्स खेल्ने छन् ।

२ समूहका सुपर सिक्सका शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने छन् । समूह चरणको पुछारमा रहने टोलीले भने वरीयताका लागि अर्को समूहको पुछारकै टोलीसँग खेल्ने छन् ।

footer