kumari
stcnepal

उपप्रध्यापक प्रेम चलाउने माथि भएको आक्रमणमा संलग्न एक फरार आरोपी पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक प्रेम चलाउने माथि भएको आक्रमणमा संलग्न एक फरार आरोपी पक्राउ परेका छन् । २० असोज २०७७ मा विश्वविद्यालय परिसरमा भएको कुटपिटमा संलग्न मध्ये सयुस श्रेष्ठलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

काठमाडौं प्रहरीका एक अधिकृतका अनुसार, कुटपिटमा संलग्न ५ जना ससअघि नै पक्राउ गरेर धरौटीमा छुटेका थिए । जिल्ला अदालत, काठमाडौंको आदेशमा चित्त नबुझेपछि उपप्राध्यापक चलाउने उच्च अदालत गएका थिए । त्यहाँबाट ५ लाख धरौटी र एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश भएको थियो ।

प्रकरणमा थप एक जनाको अझै खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रकरणका सबै आरोपी समेत पक्राउ नपरेका बेला यसका मुख्य आरोपी हरि आचार्य, योगेन्द्र रावल लगायत विरुद्ध मुद्दा फिर्ता लिने तयारी सरकारले गरेको थियो । उपप्राध्यापक चलाउने न्याय माग्दै अनशन समेत बसेका थिए ।

आचार्य, रावल लगायत आरोपी नेपाल विद्यार्थी संघसँग आबद्ध छन् । त्यसैले बालकृष्ण खाँण गृहमन्त्री भएका बेला यो प्रस्ताव अघि बढेको थियो । चलाउने माथि आक्रमण गर्ने विरुद्धको मुद्दा जिल्ला अदालत, काठमाडौंमा विचाराधीन छ ।

footer