kumari
stcnepal

टस जितेर माल्दिभ्स बिरूद्ध नेपालले ब्याटिङ रोज्यो

काठमाडौं । चीनमा जारी एसियन गेम्समा पुरूष क्रिकेटतर्फ आज नेपालले आफ्नाे दाेस्राे खेल माल्दिभ्स विरूद्ध खेल्दैछ । नेपालले टस जितेर पहिले ब्याटिङ राेजेको छ ।

नेपालले यसअघि मंगाेलिया विरूद्ध खेलेकाे टीममा एक परिवर्तन गरेकाे छ । बलर करण केसीकाे स्थामा ब्याट्सम्यान विनाेद भण्डारी प्लेइङ ११ मा भित्रिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटकाे नवप्रवेशी मंगाेलिया विरूद्ध नेपालले ब्याटिङमा विश्वकीर्तिमानकाे वर्षा गरेकाे थियाे । आज माल्दिभ्स विरूद्ध पनि नेपाल पूर्ण रूपमा हावी हुने अपेक्षा गरिएकाे छ ।

footer