kumari
stcnepal

पशुपतिनाथमा राखिएको जलहरी प्रकरणमा भ्रष्टाचार भएको भन्दै तत्कालीन सदस्य सचिव र हालका सदस्य सचिव सहित ३ जना बिरूध्द अख्तियारले दायर गर्यो मुद्धा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिको जलहरी प्रकरणमा तीन जना विरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य–सचिव डा. प्रदिप ढकाल सहित तीन जना विरुद्ध आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

ढकाल सहित कोषका तत्कालीन कोषाध्यक्ष तथा हालका सदस्य सचिव डा. मिलन कुमार थापा र अरुणकुमार श्रेष्ठ विरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । उनीहरु विरुद्ध जलहरी लगाउने क्रममा एक किलो चार सय ९१ ग्राम ७१८ मिलीग्राम सुन हिनामिना गरेको अख्तियारको अनुसन्धनानले देखाएको छ । उनीहरु विरुद्ध जनही एक करोड १७ लाख १७८१ रुपैयाँ बिगो मागदावी गरिएको छ ।

footer