kumari
stcnepal

भारतले १० औँ ओभरको सुरुवातमा बिना कुनै विकेट गुमाई १ सय रन पुरा गर्यो

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको क्वार्टरफाइनल खेलमा भारतले नेपालविरुद्ध विस्फोटक सुरुवात गरेको छ । भारतले १० औँ ओभरको सुरुवातमा बिना कुनै विकेट गुमाई १ सय रन पुरा गरेको छ ।

यशस्वी जैसवालले ७० रन बनाएर खेलिरहेका छन् । उनले यस क्रममा ६ चौका र ५ छक्का हिर्काएका छन् । रुतुराज गाइकवाडले २२ बल २५ रन बनाएका छन् । आजको नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित आशिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करन केसी, अभिनाष बोहोरा, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने छन् । नेपाली टोली समूहगत चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै क्वार्टरफाइनलमा पुगेको थियो ।

footer