kumari
stcnepal

महिला कबड्डीमा नेपाल पराजित, इरान सग बंगलादेश पराजित भए नेपालले काश्य पदक पाउने सम्भावना

चीनको हाङ्चौमा जारी १९औँ एसियाली खेलकुदको महिला कबड्डीमा नेपाल पराजित भएको छ । आज भएको दोस्रो खेलमा नेपाल इरानसँग पराजित भएको हो ।

यसअघिको एसियाड विजेता इरानसँग नेपाल ३२–१७ ले पराजित भएको हो । नेपालले चीनमा खेलेको पहिलो खेलमा बंगलादेशलाई ३७–२४ ले पराजित गरेको थियो । अब इरानले बंगलादेशसँग भिड्ने छ । उक्त खेलमा बंगलादेश पराजित भए नेपालले कास्य पदक जित्ने सम्भावना कायम छ । नेपालले अहिलेसम्म पदक तालिकामा खाता खोल्न सकेको छैन ।

footer