kumari
stcnepal

भेप’मा लुकाएर सुन तस्करी गरेको घटनाको अनुसन्धान प्रतिवेदन सरकारी वकिलले फिर्ता पठायो

काठमाडौँ । इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनाको अनुसन्धान प्रतिवेदन सरकारी वकिलले फिर्ता पठाएको छ । निर्देशनसहित फाइल फिर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्यूतमणी नेउपानेले  बताए ।

गत शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सीआईबीको अनुसन्धानमा बयान अपुरो भएको भन्दै सरकारी वकिलले राहुल महरा सहितका प्रतिवादीलाई थप बयान गराउन निर्देशन गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको गोदामबाट भेप चोरी गर्ने काममा राहुलको संलग्नता भए–नभएको बारे अनुसन्धान गर्न सरकारी वकिलले प्रहरीलाई भनेको छ । निर्देशनमा भनिएको छ,‘प्रतिवादीहरुलाई इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएको सुन चोरीमा संलग्नताबारे थप बयान गराएर पेश गर्नुहुन् ।’सीआईबीले पूर्व सभामुख कृष्ण बहादुर महराका छोरा राहुल महरासहित चार जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गर्न सरकारी वकिललाई राय दिएर अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

footer