kumari
stcnepal

पोखराको मित्र मिलन बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष रमण पौडेल र प्रमुख प्रशासकीय अधिकृत किरण अधिकारी प्रक्राउ

पोखरा । पोखराको मित्र मिलन बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष रमण पौडेल र प्रमुख प्रशासकीय अधिकृत किरण अधिकारी प्रक्राउ परेका छन् ।उनीहरुलाई बैंकिङ कसुरमा शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टर सूर्य रानाले जानकारी दिए ।

बचतकर्तालाई दिइएको चेक बाउन्स भएपछि उनीहरुको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘उहाँहरु सहकारीभन्दा पनि बैंकिङ कसुरमा पक्राउ गरिएको हो,’ इन्स्पेक्टर रानाले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’

२२ सय जना भन्दा बढी बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि अहिले मित्रमिलन सहकारी संकटमा छ । सहकारीमा पैसा बचत गरेका बचतकर्ताहरु दैनिक धाउँदा पनि फिर्ता नपाएको गुनासो गर्दै आएका छन् । सहकारीका अनुसार करिब २० करोड रुपैयाँ बचत फिर्ता गर्न बाँकी छ ।

 

footer