काठमाडौँ । हाल देशमा उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
भोलि मंगलबार कोशी, मधेस, गण्डकी, लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहने छ। गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ। वर्षा, हिमपातसँगै देशभरिको तापक्रम घटेर हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।