kumari
stcnepal

क्रिकेटर सन्दीप लामिछाने बिरूद्धको मुद्धा हेर्दाहेर्दैमा, बुधबार आजकै इजलासमा सुनुवाई हुने

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कारको मुद्दा आइतवार हेर्दाहेर्दैमा राखिएको छ । काठमाडौं जिल्ला अदालतमा बहस भइरहेको मुद्दामा आइतवार दुईजना सरकारी वकिल र एक जना पीडितको तर्फबाट बहस गरे पनि समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको हो ।

अब मुद्दाको सुनुवाइ यही इजलासमा बुधवार हुनेछ । सर्वोच्च अदालतले गत १५ फागुनमा नै यो मुद्दाको चाँडो फैसला गर्न आदेश दिएको थियो । फैसलाका लागि यसअघि पटक पटक पेशी तोकिए पनि मुद्दाको किनारा लाग्न सकेको छैन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन कप्तान विरुद्ध गत वर्ष एक किशोरी (नाबालिग)ले बलात्कारको मुद्दा हालेकी थिइन् ।

footer