kumari
stcnepal

सूर्यदर्शन सहकारीका उपाध्यक्ष दर्लामी पक्राउ

काठमाडौं । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष कैलासकुमार दर्लामी पक्राउ परेका छन् ।सहकारी ठगीको फरार सूचीमा रहेका उनलाई लुकिछिपी बसेको अवस्थामा प्रहरीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो ।

यस सहकारीले बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार रुपैयाँ अपचलन गरेको अभियोग छ । सूर्यदर्शन सहकारी घोटालाको अभियोगमा १९ जना विरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । त्यसमध्ये सञ्चालक समिति कोषाध्यक्ष कुमार रम्तेल यसअघि नै पक्राउ परिसकेका छन् । पूर्वअध्यक्ष गितेन्द्रबाबु राई, पूर्वअध्यक्ष जीबी राई, भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा र पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङसहित १७ जना अझै फरार छन् ।

यस सहकारीले पोखरामा मात्रै पनि १ अर्ब ११ करोडभन्दा बढी अपचलन गरेको पोखरा महानगरको सहकारी शाखाले जनाएको छ । सञ्चालकहरू फरार भएपछि बचतकर्ताले आफ्नो रकम फिर्ताका लागि प्रशासन, प्रहरी र राजनीतिक नेतृत्व गुहारिरहेका छन् ।

footer