kumari
stcnepal

तपस्वी बम्जनको साथबाट प्रहरीले ३ करोड ३४ लाख रुपैयाँ, मोबाइल १४ थान बरामद

काठमाडौँ । मंगलबार पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनको साथबाट प्रहरीले ३ करोड ३४ लाख ३७ हजार ९०६.७ रुपैयाँ बरामद गरेको छ । विभिन्न १७ देशका विदेशी मुद्रासहित उनको साथबाट उक्त परिमाणको नेपाली रुपैयाँ बरामद भएको सीआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

उनलाई पक्राउ गरिएको बारे औपचारिक जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा उनलाई बूढानीलकण्ठ नगरपालिका, वडा नं ६, टन गाउँबाट पक्राउ गरिएको जानकारी दिइयो । उनको साथबाट प्रहरीले  मोबाइल मात्रै १४ थान बरामद गरेको छ । २०७१ श्रावनदेखि बाराको हलखोरियामा बम्जनको आश्रममा रहेकी आनीले उनी विरुद्ध उजुरी दिएकी थिइन् । बाल यौन शोषण गरेको मुद्दा लागेपछि फरार रहेका बाराको रतनपुरी स्थायी वतन भएका बम्जनलाई पक्राउ गर्न सर्लाही जिल्ला अदालतले २०७६–१०–२३ अनुमति दिएको थियो ।

यसैगरी प्रतिवादीलाई पक्राउ गरी उपस्थित गराई गराउन जिल्ला प्रहरी कार्यालय, सर्लाहीले पनि २०७६–१०–२४ पत्राचार गरेकामा खोजतलासका क्रममा बुधबार पक्राउ गर्न सकिएको सीआईबीको भनाइ छ । बम्जनको खोजतलास गर्ने क्रममा मंगलबार करिव १९ः १५ बजे पक्राउ गर्न घरमा प्रवेश गर्दा झ्यालबाट खाली रहेको भिरालो जमिनमा हाम फाली भाग्ने क्रममा यस ब्यूरोको टोलीले पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

footer