kumari
stcnepal

भक्तपुरमा खेलाडी मृत फेला, एक पक्राउ

काठमाडौँ । भक्तपुरमा खेलाडी मृत फेला परेको घटनामा एक जना पक्राउ परेका छन् । बक्सिङ खेलाडी नीता गोसाइँ दुई दिनअघि भक्तपुरस्थित घरको कोठामा मृत फेला परेकी थिइन् ।

झुण्डिएर आत्महत्या गरेको भनिएको उक्त घटनामा आत्महत्या दुरुत्साहनकाे आरोपमा प्रहरी वृत्त जगातीको टोलीले एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

यद्यपि प्रहरीले पक्राउ पर्नेको थप विवरण खुलाएको छैन । पाठकका अनुसार सशस्त्र प्रहरीको जवान पदमा कार्यरत समेत रहकी गोसाइँ भक्तपुर नगरपालिका ८ स्थित घरको कोठामा मृत फेला परेकी थिइन् । झुण्डिएको अवस्थामा २७ वर्षीय उनी फेला परेपछि प्रहरीमा खबर गरिएको थियो । उनको शव पोस्टमार्टका लागि पठाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नीता ६ वर्षअघि सशस्त्र प्रहरीमा भर्ना भएकी थिइन् । यस्तै उनी नवौँ राष्ट्रिय खेलकुदमा ५४ केजी तौल समूहमा रजत पदक जित्न सफल भएकी थिइन् ।

footer