kumari
stcnepal

सुन काण्ड प्रकरण : राहुल महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालतद्धारा सदर

काठमाडौं । उच्च अदालत पाटनले पूर्व सभामुख तथा माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुललाई धरौटीमा छाड्न अस्वीकार गरेको छ । अन्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले बिहीबार उक्त आदेश गरेको हो ।

यसअघि काठमाडौं जिल्ला अदालतले राहुललाई थुनामा पठाउने थुनछेक आदेश गरेको थियो । त्यसपछि राहुल जिल्लाको आदेश विरुद्ध उच्च अदालत पुगेका हुन् । इलेक्ट्रिक सिगरेट–भेपमा ल्याइएको सुनमा जोडिएपछि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले राहुललाई पक्राउ गरी अनुसन्धान गरेको थियो । उनलाई आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी र संगठित अपराधमा अभियोग दायर गरिएको थियो ।

footer