kumari
stcnepal

राजनीतिक कारणले स्वास्थ्य क्षेत्र बिग्रयो : स्वास्थ्यमन्त्री यादव

चितवन । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्दं यादवले राजनीतिक कारण बढेका स्वास्थ्य क्षेत्रको अवस्था बिग्रिएको बताएका छन् ।

चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन मन्त्री यादवले देशका धेरै अस्पताललाई नेताले बिगारेको भन्दै उनले अस्पताल बर्बाद गर्ने राजनीति बन्द गर्न आग्रह गरे ।

सेवा क्षेत्रलाई सेवाकै रुपमा अघि बढाउन आग्रह गर्दै मन्त्री यादवले स्वास्थ्य क्षेत्रको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए । उनले सरकारी अस्पतालबाट अहिले पनि ९० प्रतिशत नेपालीले सेवा लिइरहेकाले गुणस्तर विकासमा सरकार लागेको पनि बताए ।

सबै प्रदेशमा विशिष्ट सेवासहितका अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन सरकार लागि परेको उल्लेख गर्दै उनले नेपालभर गुणस्तरसहितको स्वास्थ्य क्षेत्रको पहुँच पु¥याइने जानकारी दिए । चितवनको भरतपुरलाई देशकै सबैभन्दा ठूलो मेडिकल हवको रुपमा विकास गर्ने भन्दै उनले त्यसका लागि यहाँको भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको बीचमा मित्रता आवश्यक रहेको औंल्याए

सो अवसरमा अस्पतालका अध्यक्ष खेम भण्डारी र मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले अस्पतालका समस्याका बारेमा जानकारी गारएका थिए । सरकारी १५० शैया अनुमति पाएको भरतपुर अस्पतालमा हाल ४५० शैया विकास समितिले सञ्चालन गर्दै आएको छ । हालै मात्र ५०० श्ययासहितको केन्द्रीय अस्पताल स्वीकृत पाएको भए पनि बजेट र जनशक्ति प्राप्त भइसकेको छैन ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता यमबहादुर परियार, नेपाली कांग्र्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ र संघीय समाजवादी फोरम चितवनका अध्यक्ष प्रेम भुजेलले भरतपुर अस्पतालको विकासमा साथ र सहयोग रहने बताएका थिए ।

footer