kumari
stcnepal

भारतको चम्पावत र पिथोरागढमा रहेको उत्तराखण्ड–नेपाल सीमा मंगलबारदेखि तीन दिनका लागि बन्द हुने

काठमाडौँ । भारतको चम्पावत र पिथोरागढमा रहेको उत्तराखण्ड–नेपाल सीमा मंगलबारदेखि तीन दिनका लागि बन्द हुने भएको छ । आसन्न लोकसभा चुनावलाई ध्यानमा राख्दै सीमा बन्द गरिएको हो ।

उत्तराखण्डका ५ वटा लोकसभा सिटमा अप्रिल १९ शुक्रबारका दिन निर्वाचन हुँदैछ । मंगलबार साँझ ६ बजेदेखि सीमा बन्द गरिने पिथोरागढकी जिल्ला म्याजिस्ट्रेट रिना जोशीले जानकारी दिइन् ।

आपत्कालीन यात्राका लागि भने ट्रान्जिट पास जारी गरिने बताइएको छ । चम्पावतका जिल्ला मेजिस्ट्रेट नवनित पाण्डेका अनुसार एसडीएम र टनकपुर सीओलाई ट्रान्जिट पास उपलब्ध गराउने अधिकार दिइएको छ । स्वास्थ्य सेवाका लागि सशस्त्र सीमा बलले नै अनुमति प्रदान गर्न पाउनेछन् ।

footer