kumari
stcnepal

जसपाका लुम्बिनी प्रदेशका मन्त्री अहिरले दिए पदबाट राजीनामा

बुटवल । लुम्बिनी प्रदेश मन्त्रिपरिषदबाट जसपाका नेता भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई शनिबार पत्र पठाउँदै उनले पदबाट राजीनामा दिएका हुन् ।

जसपा प्रदेश अध्यक्ष अशोक यादवले जसपालाई मुख्यमन्त्रीले २ जना मन्त्रालय दिने लिखित सहमति उल्लंघन गरेकाले सरकारबाट फिर्ता हुने निर्णय गरेको बताए । सरकारबाट मन्त्री फिर्ता भए पनि समर्थन भने कायम रहने उनले बताए । मन्त्री अहिरले पार्टीको निर्णयअनुसार आफूले राजीनामा दिएको बताए । मुख्यमन्त्री र गठबन्धनका दल हरुले सहमति उल्लंघन गरेर गठबन्धनको मूल्य मान्यता र मर्मविपरीत गएकाले नैतिकता सिकाउन आफूहरु सरकार बाहिर रहेर पनि समर्थन गर्ने अहिरले बताए ।

अहिर २५ चैतमा विनाविभागीय मन्त्री नियुक्त भएका थिए । उनले ६ वैशाखमा कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

footer