kumari
stcnepal

वेष्टइण्डिज एले नेपाललाई दियो २२८ रन रनको लक्ष्य

काठमाडौं । ओपनर जोनसन चार्ल्सको शतकमा वेष्टइण्डिजले तेस्रो टी-२० खेलमा घरेलु टोली नेपाललाई २२८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइण्डिजले २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन बनायो ।

जोनसन चार्ल्स ६१ बलमा १३ चौका र ७ छक्का सहित ११९ रनमा नट आउट रहे । उनले ५५ बलमा शतक पूरा गरेका थिए । ओपनर एलिक एथानाजे १७ रनमा रन आउट भएका थिए ।  त्यसपछि दोस्रो विकेटका लागि आन्द्रे फ्लेचर र जोनसन चार्ल्सले १४५ रनको शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।

आन्द्रे फ्लेचर ३३ बलमा ४ चौका र ३ छक्का सहित ५३ रनमा आउट भए । स्पिनर सागर ढकालको बलमा टीयु एण्डको लङअनमा ठूलो सट खेल्ने क्रममा उनी दीपेन्द्र सिंह ऐरीबाट बाउन्ड्री नजिकै क्याच आउट हुन पुगे । फबियन एलेन ९ बलमा २ चौका र १ छक्कासहित १९ रनमा आउट भए । किमो पल १३ रनमा नटआउट रहे । स्पिनर सागर ढकालले ४ ओभरमा ४१ रन खर्चेर १ विकेट लिए । करण केसीले ४ ओभरमा ५४ रन खर्चेर १ विकेट लिए । कमलसिंह ऐरीले ४ ओभरमा ५३ रन खर्चेका थिए ।

footer