kumari
stcnepal

हिजो पत्रकार रिजाल माथी भएको हातपात प्रति पत्रकार महासंघको आपति, दोषीलाई कारबाही गर्न माग

आर्थिक दैनिकका संस्थापक सम्पादक प्रल्हाद रिजालमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले आज विज्ञप्ति निकालेर रिजालमाथि भएको आक्रमणको घटनालाई लिएर चासो व्यक्त गरेको हो । समाचार लेखेको निहुँमा पत्रकार कुटिनु निन्दनीय र प्रेसविरोधी कार्य हो भन्दै विज्ञप्तिमा घटनामा संलग्नमाथि कारवाहीको माग गरिएको छ ।

‘जुनसुकै बहानामा भएपनि पत्रकारमाथि भएको यो हर्कत अत्यन्त निन्दनीय र प्रेसविरोधी छ’, महासंघले भनेको छ, ‘महासंघ प्रेसविरोधी यो घटनामा संलग्नमाथि कानुनबमोजिम कारबाही गरी पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिन सम्बन्धित निकायसँग माग गर्दछ ।’ हिजो काठमाडौंको क्षेत्रपाटी चोकमा बाटो छेकेर केही व्यक्तिले रिजाललाई धम्क्याउँदै आक्रमणको प्रयास गरेको महासंघको भनाइ छ ।

footer