kumari
stcnepal

लोसपाका मधेश प्रदेश सांसद अभिराम शर्मा निलम्बित

वीरगन्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेश सांसद अभिराम शर्मा निलम्बित भएका छन् । शर्मालाई वैशाख १८ गते निलम्बन गरिएको हो ।

प्रदेशसभा सदस्य शर्मालाई निलम्बन गरिएको मधेश प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । शर्मालाई महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको फैसला भएकोले उनलाई प्रदेशसभा सदस्यबाट निलम्बन गरिएको प्रदेशसभा सचिवालयका सचिव अरुणकुमार झाले बताए ।

शर्मालाई प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम २१० को उपनियम(४) बमोजिम निलम्बन गरिएको झाले जानकारी दिए । अदालतले सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा शर्मालाई दोषी ठहर्‍याउँदै जन्मकैदको फैसला सुनाएको थियो ।

footer