kumari
stcnepal

चोक्टा खाना गएकी बुढी झोलमा डुबेर मरी

माधव नेपालको राजनीति नै धरापमा
काठमाडौ । अहिलेको नेकपा एमाले, माओवादी सहितको सत्ता गठबन्धनलाई भत्काएर कांग्रेस, जसपा नेपाल, सहित एकीकृत समाजवादी पार्टी लगायतको गठबन्धन बनाएर प्रधानमन्त्री बन्ने रहरमा लागेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई ठुलै संकट आएको छ ।

जसपा नेपाल विभाजित भएपछि तत्काल बैकल्पिक सत्ता गठबन्धन बन्न सक्ने अवस्था देखिएको छैन । कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अहिलेको सत्ता गठबन्धनलाई भत्काएर आलोपालो प्रधानमन्त्री बन्ने गरी सत्ता गठबन्धन भत्काउन लागि परेका थिए ।

उनीहरुबीचमा समझदारी समेत भईसकेको थियो । तर ठीक त्यही बेला जसपा नेपाल विभाजित भएकाले गर्दा देउवा यादव र नेपालको तत्काल प्रधानमन्त्री बन्ने सपना चकनाचुर भएको छ ।
जसपा नेपालका संघीय संसदमा १२ सांसद रहेका थिए । १२ मध्येका ७ जना सांसद अशोक राईको नेतृत्वको जसपामा सामेल भएकाले गर्दा अब उपेन्द्र यादवसँग आफूसहित ५ जना सांसद मात्र रहेका छन् । माधव नेपालले आफ्नो पार्टीले जसलाई समर्थन गर्दछ जसपा नेपाल, उपेन्द्र यादवले पनि त्यसैलाई समर्थन गर्दछ भन्दै नयाँ सत्ता समिकरण बनाउन लागि परेका थिए ।

नयाँ सत्ता समिकरण बनाउन कांग्रेसका ८९, जसपाका १२, एकीकृत समाजवाददी १०, राप्रपाका १४, जनमतका ६, नागरिक उन्मुक्ति ४, लोसपाका ४ गरी जम्मा १ सय ३९ सांसद हुने र स्वतन्त्र र जनमोर्चाका १ गरी ३ सांसदले समर्थन गर्न सक्ने रणनीति देउवा, यादव र नेपालले गरेका थिए । तर जसपा नेपाल विभाजित भएर ७ सांसद अशोक राईले नेतृत्व गरेको पार्टीमा गएपछि अहिलेका लागि नयाँ सत्ता समिकरणको सम्भावना सकिएको छ भने पुष्पकमल दाहालको नेतृत्वको सरकारलाई एमालेका ७८, माओवादीका ३२, रास्वपाका २१, जसपाका ७ गरी १ सय ३८ सांसदको समर्थन रहने र उन्मुक्तिका ४ सांसदले दाहाल सरकारलाई नै समर्थन गर्ने र दुई स्वतन्त्र सांसदले समेत दाहाल सरकारलाई नै समर्थन गर्ने भएकाले तत्काल बैकल्पिक सरकार बन्न सक्ने सम्भावना हाललाई सकिएको छ ।

माधव नेपाल संसदको यहि कार्यकालमा जसरी भएपनि प्रधानमन्त्री बन्न चाहिरहेका र वर्तमान सत्ता गठबन्धनलाई भत्काउन कांग्रेसको संस्थापन पक्ष समेत लागि परेको हुनाले माधव नेपालले सत्ता गठबन्धन भत्काउन प्रपञ्च गर्दै आएका भएपनि जसपाको विभाजन पछि उनको प्रयास निरर्थक बनेको छ ।

एकीकृत समाजवादी भित्रै पनि अध्यक्ष नेपालप्रति व्यापक असन्तुष्टि बढेको र अध्यक्षले सरकारमा मन्त्रीहरु पठाउन पनि गठबन्धनप्रति विश्वास जगाउन नसकेको र जसरी भएपनि प्रधानमन्त्री बन्ने रहर गर्दै गठबन्धन भत्काउन लागि परेको भन्दै उनको आलोचना भएकाले गर्दा उनीमाथि संकट बढ्दै गएको छ ।

अध्यक्ष नेपाललाई वहाँकै सांसदहरुले अध्यक्षको रणनीति फेल भएको भन्दै आलोचना समेत गरिरहेका हुनाले बाध्य भएर अध्यक्ष नेपालले अहिलेकै सरकारलाई निरन्तरता दिने उद्घोष संसदीय दलको बैठकमा गरेपनि त्यसलाई विश्वास गरी हाल्ने आधार नभएको एक सांसदले बताएका छन् ।

एकीकृत समाजवादीभित्र नेकपा एमालेमै मिल्नुपर्ने आवाज बुलन्द रुपमा उठ्दै आएको र अध्यक्षको रणनीति समेत असफल भएकाले गर्दा बहुमत सांसदहरुले पार्टी विभाजन गर्न सक्ने सम्भावना समेत बढेर गएको एक सांसदले स्वीकार गरेका छन् । अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालबीचमा समेत फरक÷फरक धारणा रहेकाले गर्दा माधव नेपालको राजनीति धरापमा पर्दै गएको आशंका गरिएको छ ।

 

 

footer