kumari
stcnepal

ललितपुरको कुपन्डोलमा कार दुर्घटना, चालक सकुशल

काठमाडौं । ललितपुरको कोपुन्डोलमा कार दुर्घटना भएको छ ।

शनिबार बिहान साढे ५ बजेतिर बागमती प्रदेश ०२८ च ४२८९ नम्बरको कार कोपुन्डोलस्थित सडक छेउको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।प्रहरी प्रभाग कोपुन्डोलका अनुसार कारको ठक्करबाट बिजुलीको पोल भाँच्चिएको छ । जसका कारण त्यस क्षेत्रमा विद्युत् सेवा अवरूद्ध भएको छ ।

प्रहरीका अनुसार चालकले मापसे र तीव्र गतिका कारण कार दुर्घटना भएको हो । दुर्घटनाबाट कारको अघिल्लो भागमा क्षति पुगेको छ । कार चालक ललितपुरकै सातदोबाटो घर भएका ४५ वर्षीय सञ्जिब जोशी सकुशल रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरी प्रभाग कोपुन्डोलले नियन्त्रणमा लिएको छ ।

footer