kumari
stcnepal

नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक बसिरहेको छ ।

संघीय संसदको पछिल्लो घटनाक्रमबारे छलफल गर्न कांग्रेको पदाधिकारी बैठक बसेको हो । बैठकमा पदाधिकारीसहित पूर्व पदाधिकारीहरू पनि सहभागी भएका छन् ।पछिल्लो समय नेपाली कांग्रेसले सहकारी ठगी गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ । सोही विषयमा सहमति हुन नसक्दा संसद बैठक प्रभावकारी रुपमा संचालन हुन सकेको छैन ।

शुक्रबारको बैठकमा सम्बोधनका लागि वेलमा पुगेका गृहमन्त्री लामिछानेलाई कांग्रेस सांसदले रोकेका थिए ।

footer