kumari
stcnepal

प्रधानमन्त्री प्रचण्डले संसदको गतिरोध अन्त्य गर्न कांग्रेसलाई छलफलका लागि बोलाए

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले संसदको गतिरोध अन्त्य गर्न नेपाली कांग्रेसलाई छलफलका लागि बोलाएका छन् ।

जेठ १ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने तर, नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएकाले सहमतिका लागि प्रधानमन्त्रीले आज ९ बजे छलफलमा बोलाएका हुन् । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद अवरुद्ध गर्दै आएको छ भने सत्तारुढ दल त्यसमा सकारात्मक छैनन् ।

शुक्रबारदेखि सुरु भएको बजेट अधिवेशनमा पनि गृहमन्त्री रवि लामिछाने समेत जोडिएको सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउनु पर्ने अडान राखेर नाराबाजी गरेको थियो ।

footer