kumari
stcnepal

सभामुख घिमिरेले बोलाए दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक

काठमाडौँ । सभामुख देवराज घिमिरेले सदनको गतिरोध अन्त्य गर्न राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक बोलाएका छन् ।

सभामुखले नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न आज दिउँसो २ बजे सिंहदरबार स्थित कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सहित प्रमुख दलका प्रमुख सचेतक, सचेतकको बैठक बोलाएका हुन् । नेपाली कांग्रेसको अवरोधका कारण सरकारले ल्याउने भनिएको नीति तथा कार्यक्रम अन्योलमा परेको छ । जारी गतिरोध अन्त्यको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि राजनीतिक दलका शीर्ष नेताहरूसँग निरन्तर परामर्श गरिरहेका छन् ।

footer