kumari
stcnepal

मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने

काठमाडौँ । मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने भएको छ । जनता समाजवादी पार्टी नेपाल विभाजन भइसकेको अवस्थामा त्यो पार्टीले सरकारको नेतृत्व गर्ने नैतिक आधार नरहेको भन्दै माओवादी केन्द्रले समर्थन फिर्ता लिने तयारी गरेको हो ।स्रोतका अनुसार माओवादी केन्द्रले मधेश सरकारबाट आजै मन्त्री फिर्ता बोलाउने र सरकारबाट समर्थन फिर्ता लिने बताइएको छ ।

माओवादी केन्द्रका नेता एवं मधेश प्रदेश संसदीय दलका नेता भरत साहले आफूहरू केन्द्रको निर्देशनको पर्खाइमा रहेको र निर्देशन आउने बित्तिकै फिर्ता हुने बताए । माओवादी केन्द्रबाट मधेश सरकारमा दुई जना मन्त्री छन् । प्रदेशसभा सदस्य युवराज भट्टराई समीर उद्योग मन्त्री छन् भने संसदीय दलका नेता भरत साहलाई वन मन्त्रालयको जिम्मेवारी दिएको छ । तर साहले सो मन्त्रालय सम्हालेका छैनन् । मुख्यमन्त्री सरोज यादवले विश्वास मत लिने बेला माओवादी केन्द्रलाई अर्थ मन्त्रालय दिने सहमति गरेका थिए । तर वन मन्त्रालय दिएपछि माओवादी रुष्ट छ ।

मधेश प्रदेशमा सरकार गठनका लागि ५४ सांसदको समर्थन चाहिन्छ । जसपाका यादव नेतृत्वको सरकारलाई अहिले एमाले, माओवादी, नेकपा (एस) र लोसपाको समर्थन छ । एमालेका २५, माओवादीका ९, नेकपा (एस)का ७ र लोसपाका ८ सांसद छन् । जसपा नेपालका १९ जना सांसद छन् । सो पार्टी विभाजन भएपछि कति जना सांसद अशोक राईको पक्षमा जान्छन् भन्ने अहिलेसम्म टुङ्गो लागेको छैन ।

footer