kumari
stcnepal

मधेश प्रदेशमा नयाँ सरकार गठन गर्ने गृहकार्य सुरू,नेकपा एमालेको नेतृत्वमा सरकार बनाउने तयारी

काठमाडौं । मधेश प्रदेशमा नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार गठनका लागि आज प्रदेश प्रमुख समक्ष चार दलले दाबी पेश गर्दै छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष दावी पेश गर्ने भएको हो ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आइतबार सरकारबाट समर्थन फिर्ता लिएर नयाँ सरकार बनाउन छलफल थालेको थियो । छलफलमा एमाले संसदीय दलका नेता सरोज कुमार यादव नेतृत्वमा नयाँ सरकार बनाउने टुङ्गो लागेको छ । नयाँ सरकार गठनका लागि आज प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष दावी पेश गरिने एमाले केन्द्रीय सदस्य सञ्जीव झा ‘सुरज’ले जानकारी दिए ।

मधेश प्रदेशमा १०७ सांसद छन् । सरकार बनाउन मात्र ५४ सांसद आवश्यक पर्छ । तर सरकारको दावी गर्न लागेका चार दलसँग ५५ सांसद छन् । अहिले जसपा नेपालका सरोज कुमार यादव मुख्यमन्त्री छन् । सत्ता गठबन्धनका एमाले र माओवादी सरकार छाडे पनि नेकपा एसले समर्थन कायमै राखेको छ । यद्यपि मुख्यमन्त्री अल्पमतमा परेका छन् ।

footer