kumari
stcnepal

उपेन्द्र यादव र राज्यमन्त्री कार्कीले दिए राजिनामा

उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उनले राजीनामा बुझाएका हुन् । विकसित राजनीतिक परिस्थितिमा सहकार्यलाई निरन्तरता दिन नसकेको यादवले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा गठन गरिएको सरकारमा विगत करिब दुई महिनादेखि म उपप्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दै आएकोमा वर्तमान विसकित राजनीतिक परिस्थितिमा सरकार मै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा उक्त जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु’ राजीनामा पत्रमा लेखिएको छ ।

त्यस्तै, वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि सोही व्यहोराको राजीनामा पत्र प्रधानमन्त्रीलाई बुझाएका छन् । जसपा, नेपाल विभाजनपछि पनि यादवले सरकारमा निरन्तर रहने निर्णय गरेका थिए । तर, मधेस प्रदेशमा एमाले र माओवादी केन्द्रले आफू नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएसँगै उनले केन्द्र सरकार छोड्ने निर्णय लिएका हुन् ।

 

footer