kumari
stcnepal

अशोक राई नेतृत्वको जसपाले मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझायो

अशोक राई नेतृत्वको जसपाले मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएको छ। अध्यक्ष राईले आज दुई जना मन्त्री र एक जना राज्यमन्त्रीको नाम प्रधानमन्त्री प्रचण्डलाई बुझाएको सो पार्टीले जनाएको छ ।

मन्त्रीमा प्रदीप यादव र रञ्जु ठाकुरको नाम छ भने राज्यमन्त्रीमा हसिना खानको नाम छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल सरकार बाट बाहिरिए सँगै सो पार्टीबाट फुटेको राई नेतृत्वको जसपाले मन्त्रीको नाम पठाएको हो ।

जसपाबाट मन्त्री सिफारिस भएकाहरूलाई कुन मन्त्रालय दिने भन्नेबारे टुङ्गो नलागेको पार्टीका उपमहासचिव प्रदीप यादवले बताए ।

footer